बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका श्रीमान्-श्रीमतीसहित दुधे बालकको मृत्यु

 महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको घ टनास्थलमै मृत्यु भएको छ । सिन्धुलीबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २-०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका-१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो

घटनामा निजगढ नगरपालिका-१० लाल टोल बस्ने श्रीमान्, श्रीमती र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताए । मृत्यु हुनेमा निजगढ नगरपालिका-१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उनका १० महिने छोरा आहान स्याङ्गतानको रहेको उनले जानकारी दिए ।

ठक्कर दिने बसका चालक फरार रहेका छन् भने दुर्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताए । दुबै सवारी तीव्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दुर्घटना हुन गएको खुलेकोमा यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए ।
स्रोत- ताजा खबर

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.