अाजै २४ जनाले काेराेना जितेर घर फर्किए

गोरखा ३०, भदौ ।

गोरखा क्याम्पस गोरखाको आइसोलेसनमा उपचार गराइरहेका २४ जना व्यक्तिहरु कोरोनालाई जितेर आज घर फर्किएका छन् । आइसोलेसनमा उपचाररत ७ महिला र १७ पुरुष एकैदिन निको भएर घर फर्किएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । निको भएर घर फिर्ता हुनेहरुमा गोरखा नगरपालिकाका भित्रका मात्रै १९ जना रहेका छन् ।

जसमध्ये वडा नम्बर ७ का १२ बर्षकी १ बालिका, ५ बर्षका १ बालक सहित १७, २३, ३५, ३८, ४५ र ५३ बर्षका पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ८ का ५६ बर्षका पुरुष, वडा नम्बर १२ का ४६ बर्षका पुरुष, वडा नम्बर १३ का २६ बर्षका २ जना, ३० बर्षका ३ जना रहेका छन् । सोही वडाका बर्ष २५, ३२, ४२, ५० र ५२ बर्षकी महिलाहरु पनि संक्रमण कोरोना संक्रमण मुक्त भएर आजै घर फर्किएका छन् ।

आजै संक्रमण मुक्त हुने अन्य व्यक्तिहरुमा पालुङटार नगरपालिका वडा नम्बर १ का ६५ बर्षिय महिला, भीमसेन थापा गाउँपालिका ३ का ७० बर्षिय पुरुष, शहिद लखन गाउँपालिका ३ का ४५ बर्षका पुरुष, अजिरकोट गाउँपाािलका वडा नम्बर २ का २४ बर्षका पुरुष र बारपाक सुलिकोट गाउँपालिका–७ का २४ बर्षका पुरुष रहेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

उपचारपछि निको भएर घर फर्किएकाहरुलाई अनिबार्य थप १४ दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको गोरखा अस्पतालले जनाएको छ । उनिहरुको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.