सहकारीको बार्षिक उत्सवमा दिवंगत दुई शेयर सदस्यका परिवारलाई जनही रु. २५ हजार सहयोग ।।

आँबुखैरेनी, तनहुँ ।
तनहुँको आँबुखैरेनीमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिवंगत हुनु भएका दुई शेयरका सदस्य परिवारलाई आज राहत रकम सहयोग गरेको छ । दोस्रो बार्षिक उत्सव तथा सफलतापूर्वक तेस्रो बर्षमा प्रवेश गरेको सु–अवसर सहकारीको हलमा एक कार्यक्रमकाबीच यस वर्ष दिवंगत हुनु भएका दुई शेयर सदस्यका परिवारलाई जनही २५ हजार रुपैंयाका दरले राहत रकम सहयोग गरिएको हो । सिद्धि गणेश टोल सुधार समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रगती मार्ग टोल सुधार समितिका अध्यक्ष लाल बहादुर थापा मार्फत संस्थाका सदस्यद्वय स्वर्गीय चन्द्र बहादुर थापा र स्वर्गीय भक्त माया थापाको परिवारलाई सो राहत रकम आजै हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा संस्थाले आर्थिक वर्ष ०७६÷०७७ मा २१ करोडको कारोबार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले उल्लेख गर्नुभएको थियो । साथै, संस्थाको अधिकृत पूँजी बृद्धि भएर २ करोड २३ लाख पुगेको सहकारीले जनाएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.