तपाइकाे २ मिनेट समयले कसैकाे ज्यान जानबाट जाेगिन सक्छ, एक पटक अवश्य पढेर सके सहयोग नसके शेयर अवश्य गरिदिनुहोला

गोरखा संसार
१८ भाद्र, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ निबासी मृगौलापिडित गीता कमरको लागि सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।
बिगत १ बर्षदेखि कमरको दुवै मृगौलामा समस्या देखिएपछि बिभिन्न अस्पतालहरुमा उपचार गराउँदै जाने क्रममा अहिले काठमाण्डौस्थित मृगौला प्रत्यारोपण केन्द्रमा उपचार गराइरहनुभएको छ ।
उहाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारको लागि धेरै खर्च लाग्ने र आफ्नो हैसियतले भ्याउन गाह्रो परेकाले उहाँकी आमाले सहयोगको लागि हात फैलाउनु भएको छ ।
आफ्नो दुइवटी छोरीमध्ये जेठी छोरीको अवस्था नाजुक भएकोमा उहाँलाई निकै चिन्ता बढेको छ ।
उहाँको अवस्थाका बारेमा केही ब्यक्तिहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै देश बिदेशबाट सहयोग रकम जुटिरहेको छ ।
यतिबेला सोही वडा निवासी हाल युएइ मा रहनुभएका रेशम बस्ताकोटीले कमरको सहयोगका लागि रकम जम्मा गरिरहेको बताउनुभएको छ । साथै उहाँले गोरखा संसारसँग कुरा गर्दै मानव धर्म भनेको सेवा नै हो, यतिबेला बहिनीलाई दुख परेकोले हामी सवैले सहयोग गर्नुपर्दछ भन्नुभयो । साथै बिभिन्न तहमा रहेका सरकारहरुको ध्यान पुग्नुुपर्ने समेत बताउनुभयो ।
त्यस्तै गरी सोही वडाकै निवासी हाल पोर्चुगल रहनुभएकी सुमित्रा घिमिरेले पनि बिभिन्न व्यक्तित्वहरुसँग समन्वय गरी सहयोग रकम जम्मा गरिरहनुभएको बताउनुभएको छ । उहाँले संकलित रकम केही समयमा उहाँसामु पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै सो रकम उहाँसम्म पुर्याउन र उपचारमा सहज बाताबरण बनाउन पहल गरिदिन समेत सञ्चार माध्यमहरुलाई पनि अनुरोध गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.