कन्ट्याक्ट ट्रेसिङकाे रिपाेर्ट नअाउन्जेल २ वटा वडा सिल

भाद्र १८, गाेरखा
गोरखाको पालुङटार नगरपालिकाले एक सूचना जारी गरी कन्ट्याक्ट ट्रेसिङकाे रिपाेर्ट नअाउन्जेल २ वटा वडा
( वडा नम्बर १ र ९) सिल गरेको छ ।
नगरपालिकाले सुचना जारी गर्दै ती दुई वडा मा कन्ट्याक्ट ट्रेसिङकाे काम गर्नुपर्ने भएकाले कन्ट्याक्ट ट्रेसिङ गरी साे काे रिपाेर्ट नअाउन्जेल  सम्म सिल रहने जनाएको हो ।

गोरखा नगरपालिका १० का ५५ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै नजिक रहेका दुईवटा वडा सिल गरिएको हो ।

ति स्वास्थ्यकर्मीको सम्पर्कमा चेकजाँच गराउन, औषधी लिन पालुङटार १ र ९ का मानिस गएको हुन सक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि सिल गरिएको हो ।

वडाबासीलाई हिँडडुल नगर्न आग्रह गरिएको र प्रहरी समेत परिचालन भएको नगरप्रमुख दिपकबाबु कंडेलले बताउनुभएकाे छ ।

नगरपालिकाले जारी गरेकाे सूचना ः 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.