देशभरमा अाजसम्मकै बढी संक्रमित

काठमाण्डौं, ११ भाद्र
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरको विभिन्न प्रयोगशालामा १२ हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गर्दा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै कुल संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताउनु भयो। योसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार ७३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ८३ पुगेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.