गण्डकीमा शनिबार मात्रै १० जनामा काेराेना पुष्टि

कास्की  :

काेराेनाकाे महामारी फैलिंदै गएपछि नेपालमा पनि दैनिक संक्रमितकाे संख्या बढ्दाे रहेकाे छ । गण्डकी प्रदेशमा शनिबार मात्रै १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परीक्षण गर्दा तनहुँको भानु नगरपालिका–२ र ४ का दुई जना, कास्कीको पोखरा महानगरपालिका(५ र ८ दुई जना, बागलुङको बागलुङ नगरपालिका(३ का एक जना, बडिगाड(६ का एक जना, गोरखाको गोरखा नगरपालिकाका एक जना, स्याङ्जाको पुतलीबजार नगरपालिका(१४ का एक जना र नवलपरासीको बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका(८ का एक जनामा कोरोना पुष्टि भएको हो। थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ। थप १० जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ जना पुगेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.