पालुङटार नगरपालिकाले २६१ जनाको म्यादी बिमा गरायो,

गोरखा संसार
३० साउन, गोरखा ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढदै गएपछि गोरखाको पालुङ्टार नगरपालिकाले २६३ जनाको
म्यादी जीवन बिमा गराएको छ ।
नगरपालिकाले सिटिजेन लाइफ इन्सुरेन्स कम्पनी मार्फत नगरपालिका भित्रका २११ कर्मचारी र ५० जना जनप्रतिनिधीको जिवन बिमा गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।
नगरपालिकाका ५५ जना निर्वाचित जनप्रतिनिधीमध्ये नगर प्रमुख तथा उपप्रमुखको भने नगरपालिका संघले नै बिमा गरिदिएको र ३ जना जनप्रतिनिधीको भने उमेरहदका कारण बिमा गर्न नमिलेको अधिकृत शर्माले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.