कोरोना महामारीको कारण शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौं :

कोरोना महामारीको कारण सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको हो ।

प्रवक्ता खतिवडाले मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिइने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउनका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसका साथै उहाँले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनका लागि आग्रह गर्नुभएको छ । यसैक्रममा सरकारले होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ ।

यही साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको पनि कोरोना महामारीको जोखिम ह्वात्तै बढेकाले पुनः टेक अवे मात्रै गर्न मिल्ने बनाइएको जनाइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.