काेराेनाबाट गण्डकीमा एक जनाकाे मृत्यु, देशैभर मृत्यु हुनेकाे संख्या ७४

गाेरखा । गण्डकी प्रदेशकाे पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालका निर्देशकले जनाएकाे छ ।

साउन १७ गते कोभिड १९ भई आइसीयुमा उपचार भइरहेका पुरुषको शनिवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हाे । कोरोना संक्रमणबाट नेपालमा मात्र मृत्यु हुनेको सङख्या ७४ पुगेको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.