२३ साउन, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।