गण्डकी गाउँपालिकाको क्वारेन्टाइन खाली

चित्र बहादुर गुरूङ

भुम्लिचोक, २१ साउन
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम कम गर्न निर्माण गरिएको गोरखाको गण्डकी गाउँपालिकाको क्वारेन्टाइन खाली भएको छ। क्वारेन्टाइनमा बस्नेहरु अवधि पुरा गरेर घर फर्किएसँगै मंगलबारदेखि गाउँपालिकाको सम्पूर्ण क्वारेन्टाईनहरु खाली भएको हो।
कोरोनाको नियमित अपडेटको क्रममा गाउँपालिकाले सो कुराको जानकारी दिएको छ। अपडेटमा हालसम्म ७३ जना क्वारेन्टाईनमा बसेको र अवधि पुरा गरी ५८ जना घर फर्किएको जनाईएको छ। यस्तै बाँकि १५ जनालाई कोरोना संक्रमण देखिएकोले आइसोलेसनमा पठाईएकोमा उनीहरु सबै निको भएर घर फर्किसकिएको छ।


यसैबिच गाउँपालिकाले मकैसिङ स्वास्थ्य केन्द्रमा निर्माण गरेको आईसोलेसन कक्ष पनि खाली भएको जानकारी दिएको छ।
हालसम्म गाउँपालिकामा ३५ जनाको आरडिटि परिक्षण र ११६ जनाको पिसिआर परिक्षण गरिएको छ।
अहिले गाउँपालिका भित्र कोरोना संक्रमितको संख्या शुन्य रहेको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले जानकारी दिनुभयो। गाउँपालिकामा संक्रमितको संख्या शुन्य भएपनि सदैव सजग र सचेत रहन जरुरी रहेको उहाँले बताउनुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.