राजेन्द्र न्यौपाने
गोरखा, ४ साउन ।
गोरखा जिल्ला भित्र कोरोना संक्रमित भएका ८३ प्रतिशत नागरिकहरु कोरोना जितेर घर फर्किएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा, प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणका क्रममा १०२ जनामा कोराना पुष्टि भएको थियो ।
परीक्षण पुष्टि भएका मध्ये २ जनाको निधन भएको थियो । ८५ जना घर फर्केका छन् । १५ जनाको आइसोलेशनमा राखेर उपचार भईरहेको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नविन थापाले बताए । गोरखा अस्पताल आइसोलेशनमा ३ जना र बाँकी गोरखा क्याम्पस आइसोलेशनमा उपचार गराईरहेका छन्