रविन्द्र कंडेल
२ साउन
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका मा हालसम्म २७७ जनाको पि.सि.आर.प्रबिधीबाट कोरोनाको परीक्षण गरिएको छ ।
कूल २७७ जनाको परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । नगरपालिकाको वडा नं. ७ निबासी कतारबाट फर्केका ४४ बर्षीय एक पुरुषको गत असार २० गते ज्यान गएको थियो ।
त्यस्तै परीक्षण गरिएकामध्ये २३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरिएकामध्येको ३१ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ पालुङ्टार नगरपालिका स्वास्थ्य शाखाकी सृष्टि थपलियाले जानकारी दिनुभयो ।
थपलियाका अनुसार हालसम्म विभिन्न देश तथा स्वदेशका विभिन्न स्थानहरुबाट आएका २१० मध्ये १७३ जना नगरपालिकाको बिभिन्न स्थानहरुमा रहेको क्वारेन्टिनमा बसेर डिस्चार्ज भएका छन् भने बाँकी ३७ जना क्वारेन्टिनमा बसिरहेका छन् ।