खानेपानी देखि पार्क निर्माण सम्म केन्द्र सरकारको बजेट
राजेन्द्र न्यौपाने
गोरखा, ३२ जेठ । केन्द्र सरकारले गोरखाको निर्वाचन क्षेत्र नं. १ को विकासका लागि केही योजनाहरु प्रदान गरेको छ । सरकारले खानेपानी निर्माण देखि पार्क निर्माण सम्मका योजना पारित गरेको हो । योजनाहरुमा खानेपानी तर्फ मनकामना वृहत खानेपानी आयोजना शहिद लखन २ र ३, बोर्लाड वृहत खानेपानी आयोजना भीमसेन थापा गापा ७ र ८,फुजेल वृहत पम्पिड खानेपानी तथा सरसफाई आयोजना गण्डकी ३ र ४,दरौंदी गोरखा वृहत खानेपानी तथा सरसफाई आयोजना गोरखा नगरपालिका, बाह्रमुले धारा खापा आयोजना, मैलुङ खापा आयोजना, आहाले खापा आयोजना आहाले,ऐसुले झाङ खापा अयाोजना गोनपा १,गुरुङ धारा,अगुल्टाटी खापा आयोजना गोनपा ४,वेनिखोला खापा आयोजना गोनपा ५,शिखरपाखा खापा आयोजन गोनपा २,केराउने खापा आयोजन गोनपा २,पानी पँधेरा खापा आयोजन गोनपा २,आहालडाँडा खापा,डेरागाउँ खानेपानी आयोजना,बगुवा पुनर्वास क्षेत्र खापा आयोजना ताक्लुड तिनमाने वृहत खापा आयोजना शहिद लखन ३ र ४,चुमनुब्री खापा आयोजना चुम १ देखि ५,गण्डकी गापा ५ दरबुङ वृहत खापा आयोजना, धार्चे वृहत खापा आयोजना धार्चे ऐरिभञ्ज्याड खापा,च्यान डाँडा खापा, ल्हो वृृह खापा आयोजना,पन्तारी खापा फुजेल जलविरे मुहान, भीमपानी खापा चिसापानी, पिपलटार खापा आयोजना,फुजेल खापा आयोजना, चुम्चेत दोश्रो खापा आयोजना,सामागाउँ खानेपानी आयोजना रहेका छन् ।
यसैगरी पर्यटन तर्फ गोरखा नगरपालिका पस्लाड डाँडामा ऐतिहासिक पार्क निर्माणका लागि पुुर्वाधार तयार गर्ने, गोरखा बसपार्क देखि कालिका मन्दिरसम्मको सिढि बाटो स्तरोन्नती गर्ने योजना सहित बजेट केन्द्र सरकारले स्वीकृत गरेको छ ।
गोरखा नगरपालिकामा नगरबसपार्क निर्माण, गोरखा बजार क्षेत्रको नाला व्यवस्थापन, रेडक्रस भवन देखि आलेगाउँसम्म मोटरबाटो स्तरवृद्धि, , सतिपिपल, पोखराथोक गोरखा दरबार सडक तथा नाला स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ ।
उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा विद्युत लाईन विस्तारका लागि खोर्लावेशीमा ३३ केभी प्रशासरण लाईनको सवस्टेशन निर्माण हुने भएको छ । ,
निर्वाचन क्षेत्र भित्र पर्ने नगरपालिका र गाउँपालिका भित्र, सौर्य उर्जा, सुधारिएको चुलो, बायोग्याँसलाई व्यापक वृद्धि गर्ने गरी बजेट स्वीकृत गरेको छ ।
सिञ्चाई तर्फ गौडेखोला सिञ्चाई आयोजना गोनपा १,अम्बाटेवेशी लिफ्ट सिञ्चाई योजना गण्डकी, आमगैरा मेत्री तरकारी तथा फलफुल सिञ्चाई योजना भिसेन थापा गापा ५ मा योजना परेको छ ।
पक्की पुल बनाउन सम्भव नभएको स्थानमा झोलुङे पुलको योजना परेको छ । क्योडमा झोलुङे पुलसामागाउँ, नाम्जुडटार झोलुङे पुल, फिलीम , सिरीजा विही झोलुङे पुल चुमनुब्री ,फिनामखोला ठूलाखेत भगवती थान झोलुङे पुल यसै वर्ष बन्ने भएको छ ।
यसैगरी सरकारले रोजगार सेवा केन्द्रको सञ्चालन, रोजगार सेवा केन्द्रको सुदृढिकरण र विपन्न श्रमिकको ज्याला, युवा उद्यम कार्यक्रम,युवा क्लव गठन तथा नमुना युवा सांसद अभ्यास कार्यक्रम, युवा प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रम, सामाजिक जागरण, रुपान्तरण र समृद्धिका लागि युवा परिचालन, युवा परामर्श कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । यो कार्यक्रम भीमसेन थापा गाउँपालिका भित्र सञ्चालन हुनेछ ।