गोरखा संसार
जेठ २८,गोरखा
नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रबक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति गोरखाको आयोजनामा सञ्चालित सूचना प्रविधी तालिमको समुदघाटन समारोहका क्रममा बोेल्दै सो कुरा व्यक्त गर्नुभएको हो । सोही अवसरमा बोल्दै श्रेष्ठले सरकारले बालविकासका शिक्षकहरु तथा न्यून तलब भएका शिक्षकहरु प्रति ध्यान नदिएको र निजी बिद्यालयलाई सामुदायिक बिद्यालय जिम्मा दिने प्रति गम्भीर आपत्ति भएको बताउनुभयो । साथै शिक्षकहरु प्रविधीमैत्री भएर शिक्षाको गुणस्तर उठाउन र यस बिषम परिस्थितिमा महत्वपूर्ण योगदान दिनुपर्ने बताउनुभयो ।
प्रविधीको प्रयोग गरी जुम मार्फत सञ्चालन गरिएको कार्यक्रम अखिल नेपाल शिक्षक संगठन गोरखाका अध्यक्ष एवं गण्डकी प्रदेशका महासचिव टिकाराम श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बिषेश अतिथिको रुपमा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकरराज अधिकारीले सरकारले शिक्षकका समस्याहरुलाई पूणर््ा रुपमा बेवास्ता गरेको र शिक्षामन्त्रीले घुमाउरो पाराबाट बजेटको समर्थन गरेको बताउनुभयो । सरकारले शिक्षकहरुसंग पटक पटक सम्झौता गदै धोका दिइरहेको समेत सो अवसरमा उहाँले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवं आइ.सि.टी. संयोजक इन्द्रराज भट्टराई, गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुंगाना, गोरखा जिल्ला सचिव तेज बहादुर नेपाली, केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज झविन्द्र बहादुर क्षेत्री, केन्द्रिय उपाध्यक्ष नानुमाया पराजुली लगायतकाले मन्तव्य राखेका थिए ।
जेठ २८ गतेदेखि शुरु भएको सूचना प्रविधी सम्बन्धी प्रशिक्षण तालिम जेठ ३२ गतेसम्म सञ्चालन हुने र तालिममा गोरखा, तनहुँ, लमजुङ,नवलपुर र मनाङका शिक्षकहरुको सहभागिता भइरहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिनुपर्छ — नारायणकाजी श्रेष्ठ
Facebook Comments Box