खेलाडीको तलब समयमै पठाउन क्यानकाे आइसिसीलाई आग्रह

गाेरखा संसार

जेठ २६ काठमाण्डाै ।

नेपाल क्रिकेट संघ क्यानले आइसिसीलाई नयाँ सम्झौता लागु नहुँदासम्म ए ग्रेडलाई ४५, बी लाई ३५ र सी लाई २५ हजारका दरले तलब पठाउन सिफारिस गरेको छ । पछिल्लो १६ महिना देखि तलब बिहिन भएका खेलाडीको तलब पनि समयमै पठाउन क्यानले आइसिसीलाई आग्रह गरेको छ ।

क्यानले खेलाडीको केन्द्रीय सम्झौता परिमार्जन गरेर तलब बढाउने तयारी गरेको थियो । तर लकडाउनका कारण त्यो प्रक्रिया रोकिएको थियो । २०१९ मा केन्द्रिय खेलाडी सम्झौतामा रहेका खेलाडीको पारिश्रमिक बढाएर पठाउन क्यानले आइसिसीसँग माग गर्ने भएको छ । हाल ए ग्रेडले ३५, बी मा रहेका २५ र सी ग्रेडमा रहेका खेलाडीले १५ हजार पाउने गर्दछन् ।

क्यानले एक बर्षको तलब अहिलेका लागि १० हजारका दरले बढाएर पठाउन र क्यानसँग नयाँ सम्झौता भएपछि त्यो भन्दा बढाएर दिने भनेर आग्रह गरेको चन्दले बताए ।

यस्तै तीन महिनादेखि खाली विहिन रहेका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको प्रशिक्षणका लागि सरकारसँग अनुमति  माग्ने भएको छ ।

शनिबार अनलाइन मार्फत बसेको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती तथा केन्द्रिय सम्झौताको सुचिमा रहेका खेलाडीको पारिश्रमिक बढाउन (आइसिसी) लाई सिफारिस  गरेको छ ।

सो बैठकमा कीर्तिपुर वा पोखरा मध्ये एक ठाउँमा १५—२० जनालाई प्रशिक्षणका लागि राख्नलाई सरकार सँग अनुमति माग्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

त्यस्तै क्यानले अर्को बैठकमा साधारण सभा कहिले राख्ने भन्ने निर्णय गर्ने भएको छ । सरकारले अनुमति दिए साउन मसान्तसम्म साधारण सभा गर्ने छलफल भएको छ । क्यानले अप्रिलको अन्तिममा साधारण सभा गर्ने भन्दै पत्राचार गरेको थियो । तर साधारण सभा गर्न सरकारले अनुमति दिनुपर्ने हुन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.