व्यास न पाको करेन्टाइनमा आदिकवि पुर्ब विद्यार्थीबाट १ महिनालाई तरकारी व्यवस्थापनको जिम्मेवारी ।

गाेेेेेरखा संसार

जेठ १५,तनहुँ

आदिकबि भानुभक्त क्याम्पस दमौलीमा अध्ययन गरेका पुर्ब विद्यार्थीबाट आफ्नो क्याम्पस प्राङ्गणमा बनाईएको व्यास नगरपालिकाको करेन्टाइनमा रहेका नागरिकलाई उपभोग गर्नको लागि १ महिनासम्म अर्थात आज जेष्ठ १५ गतेदेखि असारको १५ गते सम्मको लागी करिब ६० हजार बराबरको तरकारीको व्यवस्थापन गर्ने भएका छ्न । पुर्ब बिद्यार्थी एबम युवा नेता व्यास ४ बस्ने खनाल कन्स्ट्रक्सनको संचालक लक्ष्मीभक्त खनाल, व्यास २ घर भइ हाल कोरियामा कार्यरत दिलिप मरासिनी, व्यास ६ घर भइ हाल दोहा कतारमा कार्यरत (वरिष्ठ सुरक्षा अधिकृत) सुजन पण्डित र व्यास २ बस्ने अञ्जली ओभरसिज दमौलीका संचालक एबम तरकारी निर्यात कर्ता गणेश अधिकारि समेत चार जनाले दैनिक रु २ हजार बराबरको तरकारी व्यवस्थापन गर्ने जनाएका छन । सहयोग दाताहरुको तर्फबाट लक्ष्मीभक्त खनालले आजैबाट सो कार्य थालनी गर्दै १ महीनाको लागी रु ६० हजार तरकारी निर्यात कर्ता गणेश अधिकारिलाई हस्तान्तरण गरेका छन । स्थानीय तरकारी व्यबसायी मार्फत तनहुँमा उत्पादित तरकारी आजैबाट करेन्टाइन रहेको क्याम्पसमा लान थालेको चमेनागृह संचालक रितेस खड्कीले बताए । हाल दैनिक करिब १०० जना करेन्टाइनमा बस्ने गरेका छन भने नागरिकको संख्या वृद्धि भए संगै सम्बन्धित पालिकामा स्थानान्तरण गर्ने गरिएको छ। तनहुँ घरभई हाल नेपाल भारतको सिमामा अलपत्र नागरिक पहिलो पटक तनहु भित्रिदा तनहुँको पश्चिम तर्फ रहेका अन्य पालिकाको नागरिक समेत व्यास नगरपालिकाको करेन्टाइन दमौलीमा बस्ने गरेका र समयानुकूलमा उनीहरुको स्थानान्तरण गर्ने गरिएको क्याम्पस प्रमुख महेश हडखले बताउँछन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.