प्रविधीमैत्री शिक्षणको लागि स्थानीय तहहरुले प्रशस्त बजेट बिनियोजन गर्नुपर्ने ः मन्त्री पुन

रविन्द्र कंडेल
गोरखा संसार
१० जेठ, गोरखा ।

प्रविधिमैत्री शिक्षणको लागि स्थानीय तहहले प्रशस्त बजेट बिनियोजन गर्नुपर्ने कुरा गण्डकी प्रदेशकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभएको छ ।
प्रविधीमैत्री शिक्षक समाज गण्डकी प्रदेशले आयोजना गरेको अनलाइन कार्याशाला समापन समारोहमा बोल्दै सो कुरा व्यक्त गर्नुभएको हो । सो क्रममा बोल्दै उहाँले शैक्षिक योजनाहरुका लागि गण्डकी प्रदेशले प्रशस्त बजेट बिनियोजन गरिने समेत बताउनुभयो । गण्डकी प्रदेशका कतिपय स्थानहरुमा रेडियोको समेत पहुँच नभएको अवस्थामा विद्यार्थीहरुका लागि अनलाइन शिक्षणको लागि अझै धेरै कसरत गर्नुपर्ने बताउनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेलको अध्यक्षतामा सम्पन्न अनलाइन समापन समारोहमा समाजका केन्द्रिय अध्यक्ष भूपति बस्यालले समाजको स्थापना, यसको औचित्य एवं प्रभावकारिता का बारेमा जानकारी गराउनुभएको थियो । सोही क्रममा उहाँले शिक्षकहरुले सिक्न चाहेर पनि इन्टरनेटको पहुँच तथा अनलाइन प्रशिक्षण कार्याशाला खरीद गर्नुपर्ने हुँदा सो को लागि प्रदेश सरकारहरुले यथोचित बजेट बिनियोजन गर्नुपर्ने लगायतका बिषयबस्तुहरु राख्नुभएको थियो ।
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा लकडाउन भए सँगैै शिक्षकहरुका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ ४० दिनसम्म सञ्चालन गरिएको अनलाइन कार्यशालामा समाजका प्राविधिक समितिका संयोजक खेमराज पौडेल, संविधान लामिछाने लगायतका प्राविधिक शिक्षकहरुले शिक्षणका लागि आवश्यकीय विविध पक्षहरुमा अनलाइनमार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.