तनहुँकाे दमाैली अब हप्ताकाे ४ दिन खुल्ने, कृषि उपज बिक्री गर्न सहज हुने

५ जेठ, तनहुँ ।
तनहुँकाे दमाैली अब हप्ताकाे ४ दिन खुल्ने भएकाे छ । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेका अनुसार साेमबार देखि विहिबार सम्म प्रतेक दिन दिउँसाे ११ बजे देखि २ बजेे सम्म खुला गरिने छ । साे समयमा कृषि उपज बिक्री बितरण गर्न पाईने भएकाले स्थानीय उत्पादनले बजार पाउने भएकाे छ । तनहुँकाे याम्पाफाँट, बरादि ,घाँसिकुवा लगाएतमा उत्पादन भएकाे तरकारीले तनहुँकाे मुख्य-मुख्य बजार बन्द हुँदा बिक्री गर्न किसान निराश बनेका थिए ।
ब्यास नपाले अाफ्नाे क्षेत्रमा अाज सम्म कडाइ गरेका कारण कम मूल्यमा पाेखरा पठाउनु परेकाे स्थानीय ब्यापारी बरुण भट्टराईले बताउनु भयाे । उहाँले भन्नु भयाे -” अाज मात्रै काँक्राे, बाेडि,लाैका , घिराैंला , चिचिण्डा , फर्सी लगाएतका गरि करिब ५० कुईन्टल तरकारी पाेखरा पठाएकाे छु ।”
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले तनहुँमै उत्पादन गरिएकाे तरकारीलाई सहज रुपमा बिक्रीवितरण गर्न स्थानीय तहहरुले सहजीकरण गर्नु पर्ने भन्दै किसानहरुले बिषादि रहित उत्पादन गर्नु पर्ने बताउनु भयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.