तनहुँका गन्धर्व वस्ती राहतको पर्खाइमा

अमरराज नहर्की/समाचारदाता
तनहुँ, वैशाख २१ गते ।

तनहुँको भानु नगरपालिका–१ गन्धर्ववस्तीमा बस्ने गन्धर्वहरु राहतकाे पर्खाइमा रहेका छन् ।

कोविड–१९ कोरोना भाईरसले गर्दा जीवन यापन गर्न कठिनाई भएको छ । राहत स्वरुप पाएको खाद्यान्न सकिएकाले उनिहरु समस्यामा परेका हुन् । सारङ्गीको धुनमा गाउँ,सहर डुलेर एवं सार्वजानिक यातायातमा यात्रुलाइ गीत सुनाएर जीवन यापन गर्दै आएका उनिको लकडाउनले पेशा रोकिदाँ समस्यामा परेका छन् ।
गन्धर्ववस्तीकी सिता गन्धर्वको घरमा चुल्हो बल्न सकेको छैन । कोरोना भाईरस (कोबिड–१९)ले गर्दा दैनिक कमाएर खाने उहाँको परिवारमा खाद्यान्नको मौज्दात हुन नसक्दा भोकै बस्नु पर्ने अवस्था आएको छ । ‘राहतमा पाएको चामल १० दिनलाई पनि पुगेन खानेकुरा घरमा छैन, रोगले भन्दा भोकले लाने अवस्था आएको छ ।’ सिताले भन्नुभयो । गन्धर्ववस्तीका अधिकांश परिवारजनमा समस्या सिताको जस्तै छ । ४८ वर्षिय शर्मिला गान्धारी यहाँका सबै गन्धर्वहरु सुकुम्बासी रहेको र न्युन आर्थिक अवस्थाका भएकाले बस्तीका २५ घर परिवार नै भोकभोकै बस्नु पर्ने अवस्था आएको बताउनुहुन्छ । बन्दाबन्दी थपियो तर राहत थपिएन पानीको भरमा बस्नु पर्ने अबस्था आएको छ । १० वर्षको उमेर देखि गीत गायर जीवन यापन गर्दै आउनु भएका ५२ वर्षिय बुद्ध गन्धर्व बस्तीमा सरकारी जागिर खाएका कोही नभएको केही व्यक्ति रेष्टुरेष्टहरुमा गीत गाउने र सारङ्गी बजाउने पेशा गर्ने पनि हाल काम नपाएकोले समस्यामा परेको बताउनुहुन्छ । यस्तै धारणा छ रामकृष्ण गन्धर्वको । ‘सबैको जीवन यापन गर्ने भनेको यही सारङ्गी हो, उहाँले भन्नुभयो केहीले ठमेलमा पर्यटकलाई सारङ्गी बेचेर जीवन गुजारेका थिए लकडाउन खुलेपछि पर्यटन व्यवसाय राम्रो नभएसम्म समस्या पर्ने अवस्था छ । सबै गन्धर्वहरु राहतको प्रतिक्षामा रहेको भवानी गन्धर्वले जानकारी दिनुभयो । ‘आज ल्याएर आजै खाने हो, भवानीले भन्नुभयो, बच्चा भोक लाग्यो भन्छन् माटो दिएर भएन हाम्रो समस्या जटिल छ ।’ भानु नगरपालिकाको उपप्रमुख आशा थापाले दोस्रो चरणको राहतको लागि तथ्याङ्क सङ्कलन भईरहेको र वैशाख २५ गते पछि पनि थप भयो भने राहत बाड्ने तयारी रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा चार जना रहेको परिवारको लागि २० किलो चामल र त्यसभन्दा बढी रहेको परिवारको लागि २५ किलो चामल राहत बाँडिएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.