Gorkha Sansar

करेण्ट लागि १ जनाको मृत्यु

१० गते , गोरखा

गोर्खाको गोर्खा नगरपालिका स्थित वडा नम्बर ७ मान्द्रेढुंगामा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर ६ कल्लेरी बस्ने वर्ष २७ का हरि बि.क. भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

बिजुलीको खम्बामा चढी dishome नेटको फाइबर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागि खम्बाबाट खसेर घाइते भएका विकलाई उपचारको लागि गोरखा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.