Gorkha Sansar

फोनिज जिल्ला शाखा गोरखाको अध्यक्षमा पुनः मेलिना बराम सर्वसम्मत चयन

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा गोरखाको अध्यक्षमा पुनः मेलिना बराम सर्वसम्मत चयन भएकी छिन् । महासंघको आईतबार सम्पन्न चौंथो अधिवेशनले बरामको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले महासंघको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा सङगीता चेपाङ, सहसचिवमा बिबर गुरुङ र कोषाध्यक्षमा सञ्चित आले मगर चयन भएका छन् । सदस्यहरुमा प्रेम घले, छिरिङ फुञ्जो लामा, अभिषेक तामाङ र प्रतिक्षा आले चयन भएको फोनिज गोरखाले जनाएको छ ।

यस्तै, अधिवेशनले केन्द्रीय प्रतिनिधिमा दिपक श्रेष्ठ र कैलाश श्रेष्ठलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिहरुमा प्रतिक्षा आले मगर, छिरिङ फुञ्जो लामा र आत्माराम श्रेष्ठलाई चयन गरेको छ । फोनिज गोरखाकी अध्यक्ष मेलिना बरामको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उनले प्रगति प्रतिवेदन पेश गरेकी थिइन्

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा फोनिज गोरखाका पूर्व अध्यक्ष कैलाश श्रेष्ठ, पूर्व उपाध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, पूर्वअध्यक्ष भीमलाल श्रेष्ठ, नेवा देय दवु गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठ, तमु ह्युल छोंज धींका अध्यक्ष रामबहादर गरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.