जापान र भानु नगरपालिकाको कृषि आधुनिकीकरण अन्तरक्रिया तथा छलफल सम्पन्न


शंकरराज नहर्की  ।

जापानिज ईन्जिनियरिङ्को कृषि विज्ञको टोली  ( जेटेक ) र भानु नगरपालिकाका कृषकहरुबिच विच दोस्रो चरण अन्तर्गत   भानु नगरपालिका कृषि जन्य उपजको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

गत बैशाख १ गते पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम समन्न गरेको उक्त टोलीले मंसिर २१ गते दोस्रो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको हो ।
कार्यक्रममा  जेटेकको टोलीलेभानु नगरपालिकाका वडा नं ४ का खातथोक ,चुँदी र अन्य स्थानहरुका कृषकहरुसंग छलफल तथा क्षेत्र भ्रमण गरिएको थियो ।  जेटेकले भानु नगरपालिकामा आर्गनिक मल,उत्पादित कृषि सामानको बजारीकरण, आर्गानिक कृषि सहजीकरण उपजको ब्राण्डिंग,कृषिलाई आधुनिकिकरण जस्ता विषयमा भानु नगरपालिकामा अध्ययन ,अनुसन्धानका साथ निकट भविष्यमा लगानी गर्ने जस्ता विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा  भानु नगरपालिका ,नगर कृषि शाखा ,भानुका कृषक समूह लगायतको उपस्थिति रहेको थियो ।
कृषिलाई आधुनिकीकरण गर्नु पर्ने,व्रांडिंग ,सर्टिफाई,कोल्ड स्टोर ,ल्याब एवम् बजरीकरणको हालको समस्या रहेको कृषि शाखाले बताएको थियो । भानु नगरपालिकाले हालै मात्र सार्वजनिक गरेको कृषक सहजीकरणको लागि कृषि तथा पशु पंछी डिजिटलाईजेशन सफ्टवेयरको विस्तृत जानकारी कृषि शाखाले जेटेकको टोलीलाई बताएका थिए ।

कार्यक्रममा भानु- १२ स्थित कृषक द्वारा ब्राण्डिंग गरिएको अर्गानिक राशी नामक कृषि उपजको जेटेकलाई अबगत  गराईएको थियो ।
कार्यक्रमको सहजीकरण मेक्सटिच प्रा लिले गरेको छ भने ए पि टि परियोजनालाई नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले अगाड़ी बढाई रहेको जनाइएको छ।

नगर  प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षता भएको उक्त कार्यक्रममा उप-प्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्व राज पौडेल,कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख,भानु नगर प्रवक्ता ईश्वर घिमिरे ,भानु ४ वडा अध्यक्ष अर्जुन बोहोरा,कृषि क्याम्पस सुन्दर बजारका निमित्त प्रमुख ,भानु नगर कृषि शाखा ,भानुका कृषकको सहभागिता रहेको थियो ।

जेटेकले भानु नगरपालिकामा चाडै अर्को चरण अन्तरगत पाईलट परियोजनाको तयारी गरि रहेको जानकारी जेटेकका कृषि विज्ञ  टस्युमी मुनिस्योत्योले बताएका छन् । गत बैशाख १ गते उक्त टोलिसङ्ग पहिलो चरणको छलफल तथा अन्तरक्रिया भएको पालिकाले जनाएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.