Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारी
तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता मगर समाज म्याग्दे तनहुँले प्रथम स्थान हासिल गरि सर्वाधिक पुरस्कार १ लाख १ हजार र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
फाईनल चरणमा पुग्ने २१ समूहबाट छनाैट भएकाेमा बागलुङ कालिका भजन किर्तन सत्संग समूह बागलुङले द्वितिय स्थान प्राप्त गर्दै ७५ हजार र प्रमाणपत्र पाएकाे छ । त्यसैगरी भानु हरियाली प्राकृतिक कृषक समूहले तृतीय स्थान हासिल गर्दै ५० हजारकाे साथमा प्रमाणपत्र र केराबारी आमा समूह बन्दिपुरले सान्त्वना स्थान हासिल गर्दै २५ हजारकाे साथमा प्रमाणपत्र प्राप्त गरेकाे छ भने उत्कृष्ट भेषभूषा तर्फ पालुङटार नगर स्तरीय महिला सँजाल र उत्कृष्ट नृत्य तर्फ क्षेत्री समाज दमाैलीले १०/१० वटा केबलकारकाे दुई तर्फी टिकट पाएका छन् । विजयी समूहहरुलाई बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ , बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा, संयाेजक किरण पाेख्रेल, उद्योग वाणिज्य संघ बन्दिपुरका अध्यक्ष घनश्याम उपाध्यक्ष , रेवानका अध्यक्ष जितेन्द्र भूमी, गायक प्रजापति पराजुली लगाएतले पुरस्कार प्रदान गर्नु भएकाे थियाे ।
प्रतियाेगितामा उत्कृष्ट १० काे घाेषणा गरिएकाे छ । उत्कृष्ट दस भित्र पर्ने समूहहरुमा खड्गमाई आमा समूह बन्दिपुर, ब्यासज्योति धर्म जागरण समूह दमाैली, अकला मावि पालुङटार ८, जनकल्याण आमा समूह बन्दिपुर, खहरे आमा समूह , नारी सेवा आमा समूह, सशक्तीकरण महिला लघु उद्यमशील समूह, बडहरबोट आमा समूह पोखरा , सफल उद्यमी समूह र दिपज्योति आमा समूह दमाैली रहेकाे निर्णायक समितिका संयाेजक तुलसी प्रभाष खनालले जानकारी दिनुभयाे । उत्कृष्ट प्रत्येक समूहलाई १५ /१५ वटा दुई तर्फी टिकट प्रदान गरिएकाे र प्रतियोगितामा ५० टिमले नाम दर्ता गराएका बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्र शर्माले बताउनु भयाे ।
बन्दिपुर गाउँपालिका मुख्य संरक्षक रहेको उक्त प्रतियोगिता बन्दिपुरमा क्रियाशिल संघ संस्थाहरु बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर, उद्योग वाणिज्य संघ बन्दिपुर इकाई, रेवान जिल्ला एसोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति शाखा, सामुदायिक होमस्टे महासंघ बन्दिपुर, आरकेडी महिला उद्यमशिल क्लव तथा बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम गरिएकाे कार्यक्रमका संयाेजक किरण पाेख्रेलले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.