Gorkha Sansar

पालुङ्टार नगरपालिकामा दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

मिति २०८० चैत्र १५ गते बिहिबार पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा वडा नं. ९ का वडा अध्यक्ष भेजराज पाण्डे ज्यू को अध्यक्षतामा र नगर प्रमुख विवस चिन्तन ज्यू को प्रमुख आतित्थ्यमा पालुङटार नगरपालिकाको आ.व. ०८०/८१ को दोश्रो चौमासिक सम्ममा संचालन भएका योजना, कार्यक्रम तथा सेवाहरुको सम्बन्धमा संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख विवस चिन्तन ज्यू ले ब्यानर पढी उदघाटन गर्नु भएको यस कार्यक्रममा उप प्रमुख बन्दना पाण्डे ज्यू, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्युहरु, जनप्रतिनिधि ज्युहरु, शाखा प्रमुख ज्यू हरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि ज्यू हरु, स्थानीयबासीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । रेडियो पालुङटारका संचारकर्मी राजेश पौडेल र सुजन न्यौपानेले संचालन गर्नुभएको यस कार्यक्रममा नगरबासीहरुले नगरको विकासको सम्बन्धमा भएका बिभिन्न योजना, कार्यक्रम र सेवाहरुको बिषयमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरुलाई प्रश्न सोधी जानकारी लिई खबरदारी समेत गर्नुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.