शिक्षकहरूले अब राजनैतिक कार्यक्रममा सहभागी हुन नपाउने

गोरखाको गण्डकी गाउँपालिकाले आफ्ना शिक्षकहरुलाई राजनैतिक कार्यक्रममा सहभागी हुन नपाउने भनेको छ । पालिकाले सूचना जारी गर्दै त्यस्ता कार्यक्रममा सहभागीता नजनाउन भनेको हो ।

पालिकाले हिजो (सोमबार) एक सूचना जारी गर्दै ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरु तथा निजामति सेवा नियमावली २०५० ले निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनैतिक गतिविधिमा संलग्न हुन नपाउने तथा सो गरेको पाईएमा विभागिय सजायको समेत ब्यवस्था गरेको’ भन्दै स्मरण गराउदै कार्यक्रममा सहभागी नहुन भनेको हो ।

पालिकाले पछिल्लो समय राजनैतिक कार्यक्रम बिद्यालयमा नै आयोजना गरीदा विद्यार्थीहरुको पढाईमा समस्या आएको भन्दै जारी सूचनामा ‘बिद्यालयलाई आयोजना स्थल बनाई राजनैतिक कार्यक्रम आयोजना गर्न पनि नपाईने कानूनी ब्यवस्था’ रहेको स्मरण गराउदै ‘बिद्यालय तथा बिद्यार्थीहरुालई राजनैतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको बारेमा संवेदनशिल भईदिनुहुन’ भनेको छ ।

पछिल्लो समयमा विभिन्न राजनैतिक दलका कार्यक्रमहरुमा गण्डकी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुको संलग्नता एवं सहभागिता एवं राजनैतिक क्रियाकलाप केन्द्रित कार्यक्रममा बिद्यालय भवनको प्रयोग सम्वन्धी सूचना तथा फोटोहरु सामाजिक सञ्जालहरुमा तथा कार्यालयलाई समेत प्राप्त हुन आएकोमा पालिकाले आफ्नो गंम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले हस्ताक्षर गरेको बिज्ञप्तीमा ‘गाउँपालिका भित्र कार्यरत सम्पूर्ण शिक्षकहरुलाई हुने पनि राजनैतिक कार्यक्रमहरुमा सहागीता नहुनु हुन सूचना गर्दछ’ भन्दै त्यस्तो कार्यक्रममा सहभागीता जनाएको ‘प्रमाण सहित यस कार्यालयमा पशे हुन आएमा प्रचलित कानुन बमोजिम कारवाहीको भागिदान हुनुपर्ने’ भनेको छ ।

‘गाउँपालिका भित्रका कुनै पनि बिद्यालय राजनैतिक कार्यक्रमहरुमा प्रयोग हुन नदिन तथा सो गरेको पाईएमा सम्वन्धित बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष जिम्मेवार हुने गरि आवश्यक प्रक्रिया अघि बढाईने पनि जारी सूचनामा भनिएको छ ।

 

Open photo

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.