भण्डारीद्धारा पत्रकार महासंघ गोरखाको भबन निर्माणमा नगद सहयोग

गोरखा नगरपालिका ६ पाटेचौरकी ८३ वर्षिय शिबकुमारी भण्डारीले पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि नगद १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छिन् ।
गोरखा नगरपालिका ८ नगरपालिका जाने रोड नजिकै निर्माण हुँदै गरेको भबन पुरा गर्न आफुले थोरै सहयोग गरेको भण्डारीले बताईन । स्वर्गिय श्रीमान सोमबहादुर भण्डारीको सम्झनामा उनले उक्त रकम सहयोग गरेको बताईन । उक्त रकम शनिवार शिबकुमारीकी छोरी शुशीला भण्डारीले पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरण गदै उनले भनिन् ‘आम र म घुम्दै भबन बनेको तिर गएका थियौँ, यो पत्रकार महासंघको भबन बन्दैछ भने, आमाले मेरो तर्फबाट सहयोग गर्न चाहान्छु भन्नुभयो ।’ साथै उनले सबैलाई भबन निर्माणमा सहयोग गर्न अनुरोध समेत गरिन ।
पत्रकार महासंघ गोरखा शाखाले भबन निर्माण गरिरहेको छ । करिब ८० लाख लाग्ने अनुमान गरिएको भबन निर्माणमा हाल सम्म ४० लाख मात्रै स्रोत सुनिश्चित भएको छ । आर्थिक अभावका कारण भबन निर्माण ढिलो भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.