Gorkha Sansar

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

थप समाचार

  • काठमाडौँमा निजामती कर्मचारी समायोजन विधेयकको विवाद: समितिको प्रतिवेदनमा त्रुटि र नहुँदा भएका समस्या

  • विराटनगरमा शैक्षिक योग्यताबिपरीत नियुक्ति: विवाद बढ्दै

  • ५२ जाना  पदाधिकारीको नियुक्ति सदर

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.