Gorkha Sansar

गोरखालाई सम्बृद्धिको नमुना जिल्लाको रुपमा बिकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा, २७ पुस ।

संघिय सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोरखालाई सम्बृद्धिको नुमना जिल्लाको रुपमा बिकास गर्ने बताउनु भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औं गोरखा महोत्सव एवंम प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदँै उहाँले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगै गोरखा आइपुग्नु भएका उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको जनताको अपेक्षा अनुसार जिल्लाको बिकास निर्माणको काम अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘निर्वाचनमा गरेका प्रतिबद्धतालाई पुरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिईसक्नु भएको छ, उहाँले भन्नुभयो, ‘अब त्यसै अनुसार गोरखाको बिकास निर्माणको काम अघि बढ्छ ।’

nagarik sawal

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.