Gorkha Sansar

गोरखामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एक जना घाइते

गोरखा, १३ मंसिर । गोरखामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

बारपाक सुलिकोट गाँउपालिका ७ अमलेबाट सदरमुकाम तर्फ आउँदै गरेको ग १ झ ३९४ नम्बरको एम्बुलेन्स ब्रेक फेल भएर डि गाँउमा दुर्घटना भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । ‘एम्बुलेन्स अमलेबाट सामान्य बिरामी बोकेर सदरमुकाम जाँदै थियो, उहाँले भन्नुभयो ‘एम्बुलेन्सको ब्रेक फेल भएर सडक मै दुर्घटना भएको हो ।’

दुर्घटनामा परी उपचारका लागी लिएर आउँदै गरेका बिमारी नै थप घाइते भएको उहाँले बताउनुभयो । घाइते हुनेमा वडा नं. ७ का बेल माया गुरुङ रहेका छन् । वडाध्यक्ष गुरुङका अनुसार घाइतेको हात र खुट्टमा चोट लागेको छ ।

गुरुङलाई पेट दुखेर असहज भएकाले उपचारका लागी अस्पताल ल्याइदैँ गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो । घाइते गुरुङलाई थप उपचारका लागी गोरखा अस्पताल ल्याउदै गरेको उहाँले बताउनुभयो ।

नागरिकसबालबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.