Gorkha Sansar

पर्वतको पञ्चकोशी माविका प्रधानाध्यापकलाई स्पष्टीकरण

निर्वाचन आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ । सो जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले उक्त विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपि कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ– ‘त्यस विद्यालयमा पुरस्कार स्वरुप कपि कलम वितरण भएको बारे के कसो भएको हो ? निर्वाचन आचारसंहिताको विपरीत हुने गरी विद्यालयमा किन कार्यक्रम आयोजना गर्नुभएको हो ?’ यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश निर्देशन दिइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.