Gorkha Sansar

बाबुराम भट्टराइसँग चुनावअघि पार्टी एकता नहुने प्रचण्डकाे भनाइ

गोरखा-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावअघि पार्टी एकताको सम्भावना नरहेको बताउनुभएकाे छ ।

नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी हुन शुक्रवार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताउनुभएकाे हाे ।

पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को-कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुरामजी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो ।’

उनले प्रतिनिधि सभाको सिट बाँडफाँट भएपछि मात्र प्रदेश सभाको हुने जानकारी दिए। दाहालले पाँचदलीय सत्ता गठबन्धनले सिट बाँडफाँटको कुरा केही समयमा टुङ्गोमा पुर्‍याउने दाबी गर्नुभयाे। उहाँले स्थानीय तह झै यसपटक हतार नहुने पनि दाबी गर्नुभयाे।

मंसिर ४ गते हुने निर्वाचनमा सबै पार्टीलाई न्यायोचित हुनेगरी सिट बाँडफाँट हुने उनकाे दावी थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.