Gorkha Sansar

माअाेवादी केन्द्रले जितेका पालिकाहरूमा एकै खालकाे बजेट ल्याउन निर्देशन

गोरखा, ५ असार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओबादी केन्द्र गोरखाले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई बिकास निर्माणका काममा एकरुपता कायम गर्न निर्देशन दिएको छ ।

माओबादी केन्द्रले जितेका गोरखाका स्थानीय तहका प्रमुखहरुलाई बोलाएर हिजो माओबादीले जितेका पालिका तथा नगरपालिकाहरुमा बिकासमा एक रुपता कायम गर्ने गरी योजना निर्माण गर्न निर्देशन दिएको पार्टीका जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभयो । बैठकमा योजना निर्माण गर्दा समेत एकता पैदा गरेर अघि बढ्न पार्टीले जनप्रतिनिधिहरुलाई निर्देशन दिएको उहाँको भनाई छ ।

त्यस्तै जिल्लाभर एउटै मोडलमा बिकासको काम गर्न पनि जनप्रतिनिधिहरुलाई माओबादीले निर्देशन दिएको छ । ‘जिल्लामा बेरोजगारीको अबस्था जटिल छ, इन्चार्ज धितालले भन्नुभयो, कम्तिमा माओबादीले जितेका ठाउँमा रोेजगारीको सृजना हुने गरी कार्यक्रम बनाउन पर्छ भन्नेमा पार्टीको जोड छ, हामीले त्यही अनुसार हाम्रा जनप्रतिनिधिहरुलाई निर्देशित गरेका छौ ।’ पार्टीले कृषिमा आधारित उद्योगहरुमा जोड दिन समेत आग्रह गरेको जिल्ला इन्चार्ज धितालले बताउनुभयो । बैठकमा बजेट निर्माण गर्दा ठोस ढंगबाट निर्माण गर्न तथा पार्टी र बिज्ञहरुसंग छलफल गरेर समाजबाद उन्मुख बजेट निर्माण गर्नुपर्ने निस्कर्ष निकालिएको उहाँको भनाई छ । ‘

बजेटलाई व्यवहारिक र बस्तुगत कसरी बनाउन सकिन्छ भन्नेमा नै बढी छलफल भयो, इन्चार्ज धितालले भन्नुभयो, बैठकमा धार्चे गाउँपालिका, चुमनुव्री गाउँपालिका र अजिरकोट गाउँपालिका बाहेकका माओबादीले जितेका पालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा नेकपा माओबादी केन्द्रका केन्दीय सदस्य एवंम गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारी, माओबादीका केन्द्रीय सदस्य अमर तमु, सुशिला सिंखडा, गण्डकी प्रदेश समितिका सदस्य, प्रदेशसभाका सांसद एव पार्टीका गोरखा जिल्ला संयोजक लेखबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.