Gorkha Sansar

केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : अध्यक्ष माधव नेपाल

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष नेपालले पार्टीको गोदावरी नगर कमिटि गठन कार्यक्रममा पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको स्मरण गर्दै एमाले अध्यक्ष ओलीलाई यस्तो भनेका हुन्।

कार्यक्रमका अर्का अतिथि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले राष्ट्रपति केपी ओलिको कारिन्दा जस्तो बने पछि आफूहरु अदालत जानु परेको बताए । आउँदो चुनावमा गठबन्धनले नै चुनाव लड्ने पनि उनले खुलासा गरे ।

ठाकुर घिमिरेको अध्यक्षतामा गोदावरी नगर कमिटि गठन गरिएको छ । उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन, सचिवमा राजन महर्जन रहेका छन् ।

कार्यक्रममा अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, बागमति प्रदेशका साम्सद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापा, केन्द्रीय कमिटि सदस्य अमृत नाथ तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.