Gorkha Sansar

दिनहुँ गाडी खरिदको माग आएपछि अर्थमन्त्री शर्माले मागे पुराना सवारी साधनको सूची

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउने गरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेको बताए। उनले बैठकमा त्यसका लागि पुराना सरकारी सवारी साधनको सूची मागेका थिए।

सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग आइरहन्छन्, समितिको मंगलबारको बैठकमा मन्त्री शर्माले भने, ‘ पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त । कतिवटा छन् अहिले ?’

बैठकमा अर्थमन्त्री शर्माले सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताएका थिए । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माको भनाइ छ।

अनलाइन नेपालबाट

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.