Gorkha Sansar

प्रहरी दिवशमा सञ्चालन गरिएकाे रक्तदानमा ६१ जनाले गरे रक्तदान

गाेरखा ।

“६६ औ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाले सञ्चालन गरेकाे रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।

असाेज १८ गते जिल्ला प्रहरी कार्यालय गोरखाले  रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखासंगको सहकार्यमा  जिल्ला प्रहरी कार्यालयको परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार  उक्त रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरु ५५ जना, अन्य सुरक्षा निकायका कर्मचारी ४ जना
र सर्व-साधारण २ जना गरी जम्मा ६१ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै गरी प्रहरीले “तपाईको मास्क खोई ?” अभियानलाइ पनि निरन्तरता दिइरहेकाे छ । प्रहरी दिवसकै दिन पारेर जनचेतनामूलक र्‍याली निकाली गोरखा नगरपालिका ६ हरमटारी चोक देखि बसपार्क, नयाँबजार सम्म अनावश्यक रुपमा मास्क नलगाई हिडउल गर्ने पैदल यात्री, व्यवसायी, मजदुर र सवारी चालक लगायत यात्रीहरुलाई कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न मास्कको महत्व बारेमा सम्झाई-बुझाई करी ३०० जना व्यक्तिहरुलाई मास्क वितरण गरिएको बताइएकाे छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.