जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम यस भाद्र महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा यस कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई पुरस्कृत गरिएको छ, जस अनुसार निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही सम्मानित अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना सजाय तोकी हाल सम्म फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाको अभियानलाई कुशलता पूर्वक नेतृत्व गरी भाद्र महिनामा मात्रै ४८ जना फरार अभियुक्तहरु पक्राउ गर्न सफल भएको साथै नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्ने सवारी साधनहरुलाई नियन्त्रण गर्न सफल भएको, काठहरु चोरी निकासी नियन्त्रण लगायत अन्य घटेका अपराधिक घटनाहरुको अनुसन्धान कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरेको, शान्ती सु-व्यवस्था कायम राख्न खटिने प्रहरी कर्मचारीको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुका साथै यस कार्यालयको सूचना सम्प्रेषण अधिकारी तथा गुनासो सुन्ने अधिकारीको रुपमा समेत आफ्नो कार्य क्षमताको उच्च प्रदर्शन गर्दै उत्कृष्ट कमाण्ड कन्ट्रोल गर्न सफल रहेको र आम जनसमुदायमा प्रहरी छवी सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेको पाईनुको साथै खटिएको स्थानमा त्रुटी रहित तवरले विभागीय निती निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गरेकोले आज मिति २०७८।०६।१४ गते एक कार्यक्रममा बिच निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई प्रोत्साहन स्वरुप नगद रु.१,५००।– (एक हजार पाँच सय) पुरस्कार सहित निजलाई यस कार्यालयबाट २०७८ साल “भाद्र” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरिएको र भविष्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिने व्यहोरा समेत जानकारी जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।
थप समाचार
-
विपन्न तथा असहायलाई सिरक वितरण गर्दै क्लोथ बैंक
गोर्खा संसारJanuary 1, 2026जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन ... -
कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण
गोर्खा संसारJanuary 1, 2026अंग्रेजी नयाँ वर्षको अवसरमा क्लोथ बैंकद्वारा मानवतामूलक कार्यको सुरुवात क्लोथ बैंकले सुरु गर्यो मानवतामूलक कार्य कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण जनकपुरधाम । अंग्रेजी न... -
हाम्रो पुस्ताले दिन नसकेको ज्ञान प्राप्त भएकोमा खुशि
गोर्खा संसारDecember 31, 2025मिति २०८२ पौष १४ नेपालगञ्ज आफ्नो पुस्ताले आफ्नी बुहारीलाई दिन नसक्ने ज्ञान यस कार्यक्रमबाट प्राप्त गरेकोमा धेरै खुसी भएको पुर्ब राष्ट्रिय सभा सदस्य मिना बुढाले एक कार्यक्रमम... -
कवि शिराेमणिकाे जन्मजयन्तीका अवसरमा गुरुकुलमा बक्तृत्वकला प्रतियाेगिता सम्पन्न
गोर्खा संसारDecember 30, 2025पाैष १५, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर बाल बालिकाको विकासमा साहित... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति...
