Gorkha Sansar

पालुङटारमा संघीय समाजबादीकाे सुज अभियान

असाेज ३, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकामा अाज संघीय समाजबादी पार्टीकाे सुज अभियान कार्यक्रम सम्पन्न भएकाे छ । पालुङटारकाे ठाँटीपाेखरीमा अाज भएकाे सुज अभियान अर्थात सुदृढीकरण तथा जनजागरण अभियान सम्पन्न भएकाे हाे ।

अमृत अाचार्यकाे अध्यक्षतामा  जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा पार्टी केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, पार्टी केन्द्रिय सदस्य रमेश पोखरेल लगाएतको आतिथ्यतामा सम्पन्न भएको हाे। त्यस्तै गरी कार्यक्रममा  पालुङटार समाजवादी शिक्षक संघका अध्यक्ष प्रेम गुरूङ, समाजवादी विद्यार्थीका अध्यक्ष लक्ष्मण गिरी लगायतकाले मन्तव्य राख्नुभएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.