आँबुखैरेनी, १३ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको आफ्नै पहलमा यति बेला आँबुखैरेनीको विभिन्न ९ वटा टाेलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान कार्य भैरहेको छ । तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि तनहुँ विद्युतिकरण आयोजनाका इन्जिनियर कपिल पाण्डे सँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताउनुभयो । एक साता अघि देखि विभिन्न टाेलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टाेलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिनुभयो । नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टाेक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न । केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।
थप समाचार
-
गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन
गोर्खा संसारMarch 4, 2026फागुन २० गते गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज बुथ ... -
नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्रा.लि.
गोर्खा संसारFebruary 25, 2026क्षितिज विक्रम खनाल Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace b... -
पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय
गोर्खा संसारFebruary 23, 2026पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । शाखा अध... -
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
गोर्खा संसारFebruary 16, 2026काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अ... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न, फाईनल राउण्डमा १० प्रतिस्पर्धी छनौट
गोर्खा संसारFebruary 2, 2026मिति २०२८ माघ १८ गते नेपालगञ्ज / बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्ड...
