गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तनहुँको डुम्रेमा स्वागत गरिएको छ । प्रदेश प्रमुख गुरुङलाई नेपाली काँग्रेस तनहुँ क्षेत्र नं. १ प्रदेश ख ले स्वागत र सम्मान गरेको हो । नेपाली काँग्रेसका क्षेत्रिय संयोजक राजेन्द्र पियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने पनि स्पष्ट पारे। आफू नेपाली कांग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकोले एउटा मात्रै पार्टीको प्रतिनिधि नरहेको उनको भनाइ छ। जनताको प्रतिनिधि भएपछि जनताकै चाहनाअनुसारको काम गर्नुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ छ। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले गुरुङ एक सच्चा, ईमान्दार र कर्तब्यनिष्ठ ब्यक्ति भएकाले गण्डकी प्रदेशमा विकासले गति लिनेमा आफू विश्वश्त रहेको बताउनु भयो । कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, बन्दिपुर वडा नं. १ का उपसभापति सुबोध अधिकारी, सचिब बुद्ध कुमार श्रेष्ठ, महिला नेतृ सरिता पिया, रोशनी पिया , युवा समाजसेवी केशव अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
थप समाचार
-
सर्वोच्चको आदेशपछि गौर नरसंहारको फाइल फेरि खुल्ने सम्भावना
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । १८ वर्षअघिको गौर नरसंहार प्रकरणको फाइल फेरि खुल्ने सम्भावना बढेको छ । सर्वोच्च अदालतले पीडित पक्षको निवेदनमा छानबिन गर्न परमादेश दिएसँगै घटनाको अनुसन्धान अघि बढ्न... -
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अ... -
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर... -
रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन — राजधानीसहित स्थानीय बजारमा रातो बन्दाको भाउ ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार मात्र थोक मूल्य प्रतिकिलो ५६ रुपैया... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ...