उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा माननीय मन्त्रि हरि शरण आचार्यको अध्यक्षता एवं योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. सुवास अधिकारीको विशेष आतिथ्यता महाशाखा प्रमुखहरु, प्रदेश भरिका डिभिजन कार्यालय प्रमुखहरु वा प्रतिनिधि एवं इन्जिनियरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। सबै जिल्लाका डिभिजन कार्यालय प्रमुखहरुबाट बर्षभरिको भौतिक तथा वित्तिय प्रगति, योजना सम्पन्नताको अबस्था र काम कार्वाहीमा दखिएको समस्याबारे लिखित प्रतिवेदन प्रस्तुत गरिएको थियो।योजना र स्रोत बाडफाँडमा कमि आएका कारण योजना सम्पन्न गर्न समस्या भएको कुरा विभिन्न जिल्ला प्रमुखहरुबाट अवगत गराइयो। साथै आयोजना समयमा सम्पन्न गर्नका लागि कोभिड, चाँडो बर्षातको असर, प्राविधिक जनशक्तिमा कमि, उपभोक्ताहरुबाट जनसहभागिताका काम समयमा नहुने, बाढी पहिरोका कारण सडकमा समस्या, मर्मतको बजेट नभएको, योजना संख्या धेरै हुँदा गुणस्तर नियन्त्रणमा चुनौती साथै बार्षिक संस्था नविकरणमा समस्या उत्पन्न भएको कुरा माननीय मन्त्रि ज्यूलाई अवगत गराइयो। साथै कास्की लगाएतका जिल्लाहरुमा सार्वजनिक सम्पत्ति तथा सरकारी संरचना अतिक्रमणको टड्कारो समस्या रहेको र अतिक्रमण न्यूनिकरण गर्न चुनौतिपूर्ण रहेको समेत अवगत गराइयो।उक्त प्रगति समिक्षा कार्यक्रममा माननी मन्त्री हरि शरण आचार्यद्वारा विगतका आयोजना समयमा निर्माण सम्पन्न गर्न र सुधारात्मक प्रगति विवरण प्रस्तुत गर्नुभएकोमा धन्यवाद तथा सवै विभागीय जिम्मेवारी पूरा गर्नुहुने कर्मचारिहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी आर्थिक बर्षमा एक घर एक धारा, किसानका खेतहरुमा सिचाई र उर्वर भूमि वचावटमा योजनागत परिचालीत भई थप गुणात्मक प्रगती गर्नुहुन निर्देशनपूर्ण मन्तव्य व्यक्त गर्नुभयो।स्थानिय तहहरुले प्रदेशले वास्ता गरेन भन्ने बाटो नराख्नका लागि अनुरोध तथा स्थानीय निकायवाट आएका योजना सम्बन्धित निकायमा पत्राचार तथा आफ्नो विभागबाट भएका योजना सम्बन्धित गाउँपालिकामा समयमा जानकारी गराई सम्बन्धको खाडल दुर गर्न सहयोग गर्नुहुन अनुरोध समेत गर्नुभयो।समस्या र चुनौतिहरुलाई हातेमालो गर्दै जुध्नका लागि प्रतिबद्ध रहन आग्रह गर्नुभयो। सार्वजनिक जग्गा अतिक्रमणको सम्बन्धित कार्यलयले लगत सङ्कलन गरि रिपोर्ट बुझाउन पनि आग्रह गरियो।प्रदेश भरका कार्यलयमा बेरुजु रकम घटाउन बिकल्प खोजी गरि बेरुजु बिहिन बनाउन पहल गर्नुहुन आग्रह गरिएको छ। जनताको पहुँचमा आधारभूत खानेपानी योजनामा दृढ रहन आग्रह गरियो। कम्तिमा विपन्न बस्तिमा विद्धुत मार्फत भएका खानेपानी आयोजनाका उपभोक्ताहरुलाई विधुत महशुल छुट वा मिनाहा के गर्न सकिन्छ यसै बर्षबाट सुरुवात गर्नेगरी तयारी गर्न आधारभूत रिपोर्ट मन्त्रालयमा पेश गर्न आग्रह गरिएको छ र बाढी पहिरोका कारण अबरुद्ध खानेपानी र सिचाईलाई तत्कालीन हिसाबले हल गर्न आग्रह गर्नुभएको छ। बाढीले क्षति भएको ठाउँलाई वर्गिकृत गरी ठाउँ छनोट गरी जनतालाई धेर थोर राहत दिन कत्ति पनि मन नखुम्चाई सहयोग गर्नुहुन अनुरोध गर्नुभयो। साथै कार्यक्रम प्रशासन महाशाखा प्रमुख टिकाराम पौडेलको सन्चालनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ र मुख्य मन्त्रि कार्यालयका उपसचिव झलकराम सुवेदी समेतको उपस्थिति रहेको थियो ।
थप समाचार
-
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अ... -
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर... -
रातो बन्दाको भाउ प्रतिकिलो ५६ रुपैयाँले उकालो, तीन सय नाघ्यो
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन — राजधानीसहित स्थानीय बजारमा रातो बन्दाको भाउ ह्वात्तै बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार मात्र थोक मूल्य प्रतिकिलो ५६ रुपैया... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप...