Gorkha Sansar

पाँच वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवक पक्राउ

गाेरखा । पाँच वर्षिय बालिका बलत्कार गर्ने १८ वर्षिय युवक पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ९ घर भएकी बालिकालाइ राति ११ बजे घर बाहिर लगि बलत्कार गरेर बाटाेमा छाेडेर गएकाे अवस्था बाटाे हिड्ने देखि प्रहरीलाइ खबर गरेका थिए ।

आराेपि घरमै रहेकाे अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गाेरखा लगेकाे स्थानीयले जनाएका छन् । बालिकाकाे गाेरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएकाे गाेरखा अस्पताल स्राेतले पुष्टि गरेकाे छ ।

अनुसन्धानको क्रममा मिति २०७८।०४।०७ गते राती अं. ११:०० बजेको समयमा जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. ९ बस्ने बर्ष १८ को काले भन्ने निरज कुमालले निज पिडित बर्ष ६ कि नाबालिकालाई जबरजस्ती निजकै घरबाट मुख थुनी, बोल्न कराउन नदिई बोकेर जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. ९ स्थित पाखोबारी स्थितमा लगी करणी गरेको भन्ने पिडित बालिका तथा अभिभावकको सूचना
बमोजिम तत्काल निज आरोपित युवकलाई यस जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान तथा सोधपुछ गर्दा निज आरोपित युवकले मादक पदार्थ (रक्सी) सेवन गरी नशामा मात्तिएको अवस्थामा निज नाबालिका माथि उल्लेखित अपराध गरेको समेत स्वीकार गरेको प्रहरीले बताएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.