Gorkha Sansar

जनमैत्री अस्पताल परिसरबाट रवि लामिछानेको प्रधानमन्त्री लाई चुनाैती

सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको
तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै समातेर नम्र निवेदन गर्द्छु। तपाईं अस्पताल पर्दा तपाईंले बेड,अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला? अहिले जनताको हालत त्यो भन्दा कम खराब छैन। नपत्याए, सपथ पछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला। यति बेला तपाईं जनताको आशुको आहालसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दोष दिएको होइन, यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ। एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो? पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं। अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता,मन्त्रीहरूको प्राथमिकता कोभिड भन्दा अर्को केही हो भने तपाईलाई र त्यो जो कोहि लाई पनि धेरै जनाबाट, कम्तीमा पनि म बाट चाहिँ खतरा छ। (ज्यानको होईन है, अपब्याख्याको कष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)। यो धम्की.. दिन खोजेको होइन, दिएकै हो। तपाईका वैतनिक अवैतनिक सेना हरु सँग लडेको त कति भो कति, ७ जुनी डराउन्न। डराउने र हिसाब दिने भगवानलाई हो,कुनै पार्टिका लठैतलाई होइन । यस अघि तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन।तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला। मलाई लाग्छ,यो महामारीमा अहिलेसम्म यो देश र यस देशका जनता लाई भगवानको बाहेक कसैको भरोसा छैन। तपाईको कार्यकाल असल रहोस्। ???

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.