Gorkha Sansar

माअाेबादी केन्द्र गाेरखाले जनबर्गीय संगठनहरूको इन्चार्ज ताेक्याे

गोरखा १४, चैत । नेकपा माओबादी केन्द्र गोरखाले बिभिन्न जनबर्गिय संगठनहरुमा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । जिल्ला पार्टी कार्यालय पाटेचौरमा शनिबार बसेको जिल्ला कमिटीको बैठकले पार्टी निकट बिधार्धी संगठन अनेरास्वबियूको इन्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल), बुद्धिजिवी संगठनको इन्चार्जमा जगन्नाथ खनाललाई चयन गरेको पार्टीका कार्यालय सचिव अंकुर तिमल्सिेना (आयाम) ले जानकारी दिनुभयो । बैठकले किसान संगठन इन्चार्जमा कृष्ण धौराली, पत्रकार इन्चार्जमा अंकुर तिमल्सिना (आयाम), अखिल नेपाल महिलासंंघ क्रान्तिकारीको इन्चार्जमा कमला नर्हकी, शिक्षक संगठनको इन्चार्जमा धुब्र भट्ट, शहिद तथा बेपत्ता संगठनको इन्चार्जमा बिष्णु भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै उद्योग बाणिज्य संगठनको इन्चार्जमा गोर्बधन श्रेष्ठलाई दिएको छ भने बाइसिल इन्र्जाज र निर्माणको अन्र्तगतको संगठन भने कार्यालय हेर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले बिभिन्न ११ वटा जातिय मोर्चाको इन्चार्ज समेत तोकेको छ । जसअन्र्तगत दलित मेर्चाको इन्चार्जमाा दिलबहादुर सेन्चुरी, तमु रमोर्चाको इन्चार्जमा धना तमु, दराई तथा कुमाल मेर्चाको इन्चार्जमा रामचन्द्र सेडाई, चोपाङ मेर्चाको इन्चार्जमा कृष्ण चेपाङ, नेवा मेर्चाको इन्चार्जमा गोर्वधन श्रेष्ठ, तामङ मोर्चाको इन्चार्ज धना तमु, भुजेल मोर्चाको इन्चार्जमा दिपक देवकोटा तथा भोटे लामा मोर्चाको इन्चार्जको जिम्मेवारी निमालाई दिने निर्णय गरेको छ ।

बैठकले जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गाउँपार्टी कमिटिको बैठक तत्काल सम्पन्न गर्ने निर्णय समेत गरेको छ । जस अन्र्तगत गोरखा नगरपालिकाको नगरपार्टी कमिटीको बैठक चैत २१ गते, गण्डकी गाउँपालिकाको बैठक २० गते, सिरानचोक गाउँपार्टी कमिटिको बैठक, १९ गते, अजिरकोट गाउँपार्टी कमिटिको बैठक २१ गते, भीमसेन थापाको १६ गते, आरुघाट गाउँपार्टी कमिटिको बैठक २० गते गर्ने निर्णय गरेको कार्यालय सचिव तिमल्सिेनाले जानकारी दिनुभयो ।

त्यस्तै धार्चे गाउँ पार्टी कमिटिको बैठक २५ गते, बारापाक सुलिकोट गाउँपार्टी कमिटिको बैठक १८ गते, पालुङटार नगरपालिकाको नगरपार्टी कमिटीको बैठक १७ गते र शहिद लखन गाउँकमिटीको बैठक १६ गते गर्ने निर्णय गरेको छ । बैठकले पाटीका गण्डकी प्रदेश कमिटिका सदस्य लोकप्रसाद बन्जराकी आमा पदमकुमारी बन्जारा, पाटीका जिल्ला सदस्य गोर्बद्धन श्रेष्ठकी आमा देउकुमारी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य अमर तमुका बुबा लालबहादुर तमुको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.