Gorkha Sansar

हुर्जा गण्डकीकाे तनहुँ जिल्ला संयोजकमा सर्मिला वि.क चयन

तनहुँको बन्दिपुर -१ डुम्रेमा रहेको पबित्रा माध्यामिक विधालयमा मानव अधिकार पत्रकार संघ( हुर्जा) गण्डकी प्रदेशले मानव अधिकार उल्लङ्घन  विरुद्ध सञ्चार अभियान अन्तरगत  मनव अधिकार सचेतनात्मक अन्तरक्रिया, जिल्ला संयोजक भेट तथा हुर्जा बाल क्लब गठन कार्यक्रम सम्पन्न गरेको छ ।

मानव अधिकार पत्रकार संघ ( हुर्जा) गण्डकी प्रदेशको अध्यक्ष श्री असफल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका कक्षा ६ देखि कक्षा १२ सम्मका विधार्थीलाई समेटेर विबा बि.क को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।उक्त कार्यक्रमका प्रमुख अतिथी पवित्रा माध्यामिक विधालयका प्रधानाध्यापक रघुनाथ पन्डितले बन्दिपुरमा धेरै मध्यामिक विधालय हुँदा हुँदै पनि आफ्नो विधालयलाई छनोट गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । उहाँले मानव अधिकार हनन सम्बन्धि घटना खास गरी  अल्पविकसित मुलुकहरुमा धेरै हुने बताउनु भयो । कार्यक्रममा विधालयको प्रधानाध्यापक रघुनाथ पन्डितलाई हुर्जा गण्डकीले माक्स र स्यानीटाइजर पनि हस्तान्तरण गरेको छ ।हुर्जा गण्डकीका निर्वतमान अध्यक्ष रजेश पराजुलीले विधार्थीले पनि आफ्नो अधिकार के हो ?कर्तव्य के हो ? भन्ने कुरा बुजि अधिकार कसरी प्राप्त गर्ने भन्ने कुरा जान्न अवश्यक भएको बताउनु भएको छ ।

यस्तै हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले विधार्थीले अधिकार र दायित्वका कुरा बुझ्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रम सानो भए पनि अमुल्य रहेको बताउदै हुर्जा गण्डकीले बाल क्लव गठन गर्नुको मुख्य उदेश्य बालबालिकाले पनि अधिकार र दायित्वको कुरा बुझेर घरपरिवार र समाजलाई बुझाउन सक्ने योग्यको बनाउने बताउनु भएको छ ।

मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान उदघोषका साथ अधिकारका क्षेत्रमा कृयाशिल मानव अधिकार पत्रकार संघ हुर्जा गण्डकीले तनहुँ जिल्लाबाट जिल्ला संयोजक सर्मिला वि.क लाई चयन गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.