आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छिम्केश्वरी माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । छिम्केश्वरी माध्यमिक विद्यालय आँबुखैरेनी–४ भाँगेको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी संस्थाको १५ औं बार्षिक उत्सवको अवसर पारेर सो विद्यालयका २ सय जना विद्यार्थीहरुलाई शैंक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ । शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम, पेन्सिल, ईरेजर, चार्ट (वर्णमाला) र खेलकुद सामाग्री अन्तर्गत ३ वटा भलिबल, १ वटा नेट, १० वटा डस्बीन वितरण गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुलनारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
थप समाचार
-
खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन : राष्ट्रपति पौडेल
गोर्खा संसारJune 11, 2025काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रंगशालामा बुधबार पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम... -
टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक
गोर्खा संसारJune 9, 2025काठमाडौं, जेठ २५ । टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेल... -
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
गाेर्खा संसारJune 9, 2025मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ । मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा मृत अवस्थामा ग्रामथान गाउँपालिका ७ की ८९ वर... -
विपक्षीको अवरोधपछि संसद बैठक भोलि २ बजे सम्म स्थगित
गाेर्खा संसारJune 8, 2025काठमाडौं : विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको हो।... -
भिजिट भिसा प्रकरणः सदन अवरोध हट्ने सम्भावना
गाेर्खा संसारJune 8, 2025काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को जारी अवरोध खोल्ने संकेत गरेका छन् । ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्त... -
उमागौरी सहकारी ठगी प्रकरणः मुद्दाको सुनुवाइ सारेको सारै
गाेर्खा संसारJune 7, 2025विराटनगर । सङ्घीय सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद् ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासँग जोडिएको उमागौरी सहकारी ठगी मुद्दाको सुनुवाइ लगातार सरिरहेको छ । जिल्ला...