Gorkha Sansar

जीवन ज्योतिमा गण्डकी सभ्य समूहकोे उदघाटन

गोरखा, फागुन २१
गोरखाको पालुङ्टार नगरपालिका वडा नं ७ स्थित जीवन ज्योति मा.वि.मा गण्डकी सभ्य समाजको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयको सभाहलमा आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङटार नगरपालिका शिक्षा शाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेतीले प्रमुख अतिथिको रुपमा बोल्दै आफू सभ्य र सचेत नागरिक बन्नका लागि गर्नुपर्ने कार्यहरुको सूचीको व्याख्या गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तारा बहादुर कुमालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा पालुङ्टार नगरपालिका शिक्षा शाखाकी शाखा अधिकृत करुणा पनेरुले तनाव व्यवस्थापन के हो, कसरी व्यवस्थापन गर्ने लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा अस्थायी प्रहरी पोष्ट बिरुवाटारका प्रमुख बिकास सिलवाल, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल लगायतकाले सभ्य समाज निर्माणमा विद्यार्थीको भूमिका बिषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो ।
सोही अवसरमा विद्यलयमा गठन भएको गण्डकी सभ्य समूहलाई टिका लगाइ परिचय समेत गराइएको थियो । विद्यालयमा कार्यक्रमका संयोजक एवं प्रशिक्षक कुमार प्रसाद ढकालको निर्देशनमा सपना परियारको अध्यक्षतामा ११ सदस्यीय समूह गठन गरिएको छ ।
समूहले यस शैक्षिक वर्षभित्रमा लैङिक हिंसा, सकारात्मक सोच, अनुसासन, दुव्र्यसन अपराध लगायत विभिन्न १५ विषयमा प्रशिक्षणहरु प्रदान गरिने कार्यक्रमका संयोजक ढकालले जानकारी दिनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.