Gorkha Sansar

च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न्

गाेरखा, ८ फागुन ।

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे सभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलले श्रम,सीप र उत्पादन बेच्न सकेमा मात्र सम्बृद्दी गर्न सकिने हुँदा उत्पादनमुखी हुनेपर्नेमा जाेड दिनुभयाे ।

कार्यसमितिका सदस्य काेपिला कुमालले स्वागत गर्नुभएकाे साे सभामा काेषाध्यक्ष इश्वर कुमार श्रेष्ठले अार्थिक प्रतिबेदन पेश गर्नुभएकाे थियाे भने सचिव गणेशलाल श्रेष्ठले अागामी बर्षकाे लागि प्रस्तावित याेजनाहरूसहितकाे प्रतिबेदन तथा अध्यक्ष श्रेष्ठले संस्थाकाे गतिबिधी सहितकाे प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष रण बहादुर गुरूङ, सल्लाहाकार भरतराज पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।

साथै साधारणसभाकाे अवसरमा संस्थाका जेष्ठ सदस्य शिवकुमार श्रेष्ठ र एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याउने पूजन परियार र कञ्चन परियारलाइ सम्मान गरिएकाे थियाे ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.