काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताउनुभयो ।चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ ।अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।यस्तो प्रदूषणको समयमा आमनागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बताउनुभयो । यसैबीच सरकारले काठमाण्डौसहितका सहरमा वायु प्रदूषण घातक तहमा पुगेकाले सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ ।काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ । ujyalo online
थप समाचार
-
१००० वर्ष पुरानो ‘गाउँ पूजा’ अझै निरन्तर जीवित
गाेर्खा संसारAugust 20, 2025काठमाडाैं, ४ भदौ, ढोरपाटन (बागलुङ) । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्... -
मुलुकभर धान रोपाइँ ९४% पूरा, सुदूरपश्चिममा सबैभन्दा बढी
गाेर्खा संसारAugust 19, 2025काठमाडौँ । मुलुकभर हालसम्म ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८दशमलव४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्र... -
कोशी र बागमतीका पहाडी भागमा आज भारी वर्षा हुने सम्भावना
गाेर्खा संसारAugust 19, 2025काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर छ तर बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण केही स्थानमा वर्षा हुने सम्भावना छ । ... -
विद्यालय शिक्षा विधेयक : सांसदलाई दुई दिन अध्ययन समय, ५ भदौमा प्रतिवेदन पास हुने
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यलाई दुई दिन समय दिइएको छ । सोमबार बसेको समितिको बैठकमा उपसमितिले... -
सर्वोच्चको आदेशपछि गौर नरसंहारको फाइल फेरि खुल्ने सम्भावना
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । १८ वर्षअघिको गौर नरसंहार प्रकरणको फाइल फेरि खुल्ने सम्भावना बढेको छ । सर्वोच्च अदालतले पीडित पक्षको निवेदनमा छानबिन गर्न परमादेश दिएसँगै घटनाको अनुसन्धान अघि बढ्न... -
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब...