काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० सम्म हुनुलाई राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील र २ सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ । एक्वुआई ३ सय पुग्नु सबैका लागि घातक रहेको जोशीले बताउनुभयो ।चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कणहरू सतहको नजिक थिग्रिएकाले पनि प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । एअर क्वालिटी इण्डेक्स ३ सय भन्दामाथि पुगेमा सरकारले आपत्कालीन अवस्था घोषणा गर्न सक्छ ।अघिल्लो वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि जनस्वास्थ्य सङ्कटकाल लगाइएको थियो भने चीनको बेइजिङमा मासु पोल्न नपाइनेलगायतका कडा नियम जारी गरेको थियो ।यस्तो प्रदूषणको समयमा आमनागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नुपर्ने जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बताउनुभयो । यसैबीच सरकारले काठमाण्डौसहितका सहरमा वायु प्रदूषण घातक तहमा पुगेकाले सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ ।काठमाण्डौबाहिरका नेपालगञ्ज, विराटनगरलगायतका सहरमा पनि प्रदूषण बढेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यस्तै आगो बाल्दा प्रदूषण झनै बढ्ने र अवस्था गम्भीर हुन सक्ने भएकाले आगो नबाल्न पनि विभागको अनुरोध छ । ujyalo online
थप समाचार
-
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
गोर्खा संसारMarch 29, 2026चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनि... -
ईदकै दिन लोकसेवा परीक्षा राखिएकोप्रति अन्सारीको आपत्ति, धार्मिक अधिकारको सम्मान गर्न सरकारलाई आग्रह
गोर्खा संसारMarch 21, 2026काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.... -
पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव
गोर्खा संसारMarch 19, 2026पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली गोरखास्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सतायु महापुरुष, उभयवेदान्त प्रवर्तक आचार्य त्रिदण्डी पराङ्कुस रामानुजजियार स्वामीजी महाराजको शुभ मंग... -
एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु
गोर्खा संसारMarch 18, 2026सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम तनहुँ नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम ब... -
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान
गोर्खा संसारMarch 11, 2026काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिश...
